SHARE
बुटवल टुडे · शुक्रबार​ ९ माघ २०८२ १०:२४ AM · 1 मिनेट पढाइ

महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक

रुपन्देही । महिला तथा बालिका विरुद्ध हुने हिंसा सम्बोधनका लागि पालिका स्तरीय नीतिगत पहलसम्बन्धी पत्रकारसँगको जानकारी कार्यक्रम तिलोत्तमा नगरपालिकामा सम्पन्न भएको छ। कार्यक्रम एफडब्लुएलडी को आयोजनामा तथा सृजनशील संस्थाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा एफडब्लुएलडीका कार्यकारी निर्देशक सुविन श्रेष्ठले पछिल्लो समय हिंसाका स्वरूपहरू परिवर्तन हुँदै गएको बताए ।