महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार पुनले निर्वाचन अधिकृतको कार्यालय पुगेर त्रिभुज चुनाव चिह्न रोजेका हुन् । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई सामान्यतया रोजेकै चुनाव चिह्न दिने गरेको छ । उनले म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
