SHARE
बुटवल टुडे · सोमबार ५ माघ २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित

काठमाडौँ । साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपाल आफ्नो चौथो खेलमा बङ्गलादेशसँग पराजित भएको छ । थाइल्यान्डको बैंककस्थित नोन्थाबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भयो । यसअघि नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेल्दा दोस्रो खेलमा माल्दिभ्सलाई ५–० गोलले पराजित गरेको थियो ।