SHARE
बुटवल टुडे · सोमबार ५ माघ २०८२ १०:०१ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचन नजिकिएसँगै दुवै प्रहरीले व्यापक जिम्मेवारी हेरफेर गरेको छ । प्रदेश र जिल्लाका इन्चार्जहरू हेरफेर भएका छन् । नेपाल प्रहरीका ८ जना डीआईजी सरुवा भएका छन् भने सशस्त्र प्रहरीले पनि ६ जना डीआईजीलाई सरुवा गरेको छ । यसमा कोसी प्रदेशको बराह बाहिनीका बाहिनीपति पनि फेरिएका छन् ।