SHARE
बुटवल टुडे · सोमबार ५ माघ २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न

काठमाडौं । दुई तथा तीन पाङ्ग्रे सवारी साधन उत्पादनमा विश्वव्यापी अग्रणी कम्पनी टिभीएस  मोटर कम्पनीले नेपालमा टिभीएस  अपाचे रेसिङ एक्सपिरियन्स (एआरइ जिपी) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ। यो कार्यक्रम टिभीएस अपाचे सिरिजको २० वर्षे गौरवपूर्ण यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा सम्पन्न भएको हो।