SHARE
बुटवल टुडे · सोमबार ५ माघ २०८२ १२:२५ PM · 1 मिनेट पढाइ

उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उमेदवारी दर्ताको मिति संशोधन नहुने बताएका छन् । आयोगले सोमबार सार्वजनिक गरेको भिडियो सन्देशमा भण्डारीले मंगलबार (माघ ६) बिहान १० देखि साँझ ५ बजेसम्म समय रहेको बताएका हुन् ।