SHARE
बुटवल टुडे · मङगलबार ६ माघ २०८२ ०८:१९ AM · 1 मिनेट पढाइ

सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो

काठमाडौँ । सुनचाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँले बढेको छ ।