SHARE
बुटवल टुडे · मङगलबार ६ माघ २०८२ ०९:०१ AM · 1 मिनेट पढाइ

अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार

अर्घाखाँची ।  एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधि सभाको लागि नेकपा एमालेबाट पीताम्बर भुसालको उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसाललाई एमालेले उम्मेदवार बनाएको हो । राष्ट्रिय प्रजातन्त्र पाटीबाट झविन्द्र फुल्लेलले उम्मेदवारी दर्ता गराएका छन् । अहिलेसम्म ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।