SHARE
बुटवल टुडे · मङगलबार ६ माघ २०८२ ०९:१९ AM · 1 मिनेट पढाइ

रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्वबाट आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । प्रचण्डले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका प्रचण्डले यसपटक रुकुमपूर्व रोजेका हुन् ।