SHARE
बुटवल टुडे · मङगलबार ६ माघ २०८२ ०९:५० AM · 1 मिनेट पढाइ

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा मंगलबार सर्वोच्च अदालतमा बहस सकिएको छ । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा बहस भएको हो । रिट निवेदकको तर्फबाट पूर्व महान्यायाधिवक्ताद्वय खम्मबहादुर खाती र रमेश वडाल तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरेका थिए ।