जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले उनलाई सञ्चारमन्त्री नियुक्त गरेको थियो । सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनावमा होमिन लागेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
