SHARE
बुटवल टुडे · मङगलबार ६ माघ २०८२ १०:३१ AM · 1 मिनेट पढाइ

सेयर बजार ४२ अंकले बढ्यो

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरि आज उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । निर्वाचन सम्पन्न भएपछि स्थिरता ल्याउने अपेक्षामा सेयर बजारका लगानीकर्ताहरूले सकारात्मक संकेत देखाएका छन् । आज मंगलबार सेयर बजार ४२.२६ अंकले बढेर २७१४.८१ बिन्दुमा पुगेको छ, जुन १.५८ प्रतिशत वृद्धि हो ।