SHARE
बुटवल टुडे · मङगलबार ६ माघ २०८२ १०:४० AM · 1 मिनेट पढाइ

नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार 

लमही, ६ माघ ।  नेपाली कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाङ क्षेत्र नम्बर १ स्थित लमहीमा  निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका हुन । पार्टीले मेटमणि चौधरिलाई टिकट दिएपछि पूर्व माओवादी  पक्ष असन्तुष्ट छन् ।