SHARE
बुटवल टुडे · मङगलबार ६ माघ २०८२ ११:२२ AM · 1 मिनेट पढाइ

“काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा

जितपुर, ०६ माघ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट टिकट नपाएपछि आशिष शर्माले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै शर्माले आफूले नेपाली काँग्रेस परित्याग गरेको स्पष्ट पारेका छन् । “मैले नेपाली काँग्रेस छोडेँ,” उनले भने, “पार्टीले मलाई पत्याएन, त्यसैले स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएको हुँ ।