SHARE
बुटवल टुडे · बुधबार ७ माघ २०८२ ०२:२५ AM · 1 मिनेट पढाइ

१० करोडको कारोबार गर्दै सकियो देवदह मेला 

बुटवल, ०७ माघ । दशौँ देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सम्पन्न भएको छ । पुस २३ गतेदेखि माघ ६ गतेसम्म १४ दिन चलेको महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ भने १ लाख बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।