SHARE
बुटवल टुडे · बुधबार ७ माघ २०८२ ०२:४७ AM · 1 मिनेट पढाइ

पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावका कारण तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ । महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।