SHARE
बुटवल टुडे · बुधबार ७ माघ २०८२ ०६:०३ AM · 1 मिनेट पढाइ

२ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि

नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि मंगलबार पनि प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।