SHARE
बुटवल टुडे · बुधबार ७ माघ २०८२ ०८:३८ AM · 1 मिनेट पढाइ

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डकसुलाई २३ वर्ष जेल सजाय

काठमाडौँ । दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई २३ वर्षको जेल सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नागरिक शासन केही समयका लागि निलम्बन गर्ने उद्देश्यले जारी गरिएको मार्सल ल घोषणामा सहयोग र उक्साहट गरेको कसुरमा उनलाई उक्त सजाय तोकिएको हो ।