SHARE
बुटवल टुडे · बुधबार ७ माघ २०८२ ०९:५३ AM · 1 मिनेट पढाइ

निर्वाचनको बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने अनुमान

काठमाडौँ । आगामी निर्वाचनका कारण १० दिनभित्रै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत सामान्य अवस्थामा भन्दा करिब २५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरूले अनुमान गरेका छन् । नेपाल आयल निगमका अनुसार चुनावका बेला इन्धनको माग ह्वातै बढ्ने भएकाले त्यसलाई ध्यानमा राखेर इन्धन व्यवस्थापनको तयारी सुरु गरिएको छ ।