SHARE
बुटवल टुडे · बुधबार ७ माघ २०८२ १०:२६ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा सामान्य करेक्सन, बुधबार ९.४३ अंकले घट्यो

 काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य ‘करेक्सन’ देखिएको छ । यस साता सुरुवाती कारोबार दिनदेखि निरन्तर बढेको नेप्से सूचक बुधबार ९.४३ अंकले घटेर २७०५.३८ मा पुगेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन पक्कापक्की भएको र देश निर्वाचनमय बनेकोले सेयर बजारमा निरन्तर सुधार देखिन थालेको थियो ।