SHARE
बुटवल टुडे · बुधबार ७ माघ २०८२ १०:४४ AM · 1 मिनेट पढाइ

सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामा १ खर्ब ३२ अर्ब बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्म देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदन अनुसार असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ करोड रहेकोमा पुस मसान्तसम्म २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।