SHARE
बुटवल टुडे · बुधबार ७ माघ २०८२ १२:४९ PM · 1 मिनेट पढाइ

एसईई परीक्षा चैत १९ देखि २९ गते सञ्चालन हुने

काठमाडौँ ।   यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । यस पटक एसईई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् ।