SHARE
बुटवल टुडे · बुधबार ७ माघ २०८२ ०१:०१ PM · 1 मिनेट पढाइ

गुल्मीमा जीप दुर्घटना हुँदा एकजना मलामीको मृत्यु, ८ जना घाइते

बुटवल । गुल्मीमा मलामी चढेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। प्रहरीका अनुसार रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका हुन्।