SHARE
बुटवल टुडे · बिहीबार ८ माघ २०८२ ०८:४३ AM · 1 मिनेट पढाइ

कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत

काठमाडौँ, ८ माघ ।  सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको हो । वर्तमान सरकारले असोजको अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको थियो ।