SHARE
बुटवल टुडे · बिहीबार ८ माघ २०८२ ०८:५१ AM · 1 मिनेट पढाइ

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई आउँदो प्रतिनिधि सभाको निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ । शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकबाट सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गर्ने तयारी भइरहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।