अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु
अस्ट्रेलिया । अस्ट्रेलियामा दुई महिनापछि फेरि गोली चल्दा ३ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार बिहीबार साँझ न्यु साउथ वेल्सको लेक कार्गेलिगो सहरमा गोली चलेको थियो । घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको बीबीसीले प्रहरीलाई उद्धृत गर्दै जनाएको छ । गोली लागेर गम्भीर एक जनालाई अस्पताल भर्ना गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
