SHARE
बुटवल टुडे · बिहीबार ८ माघ २०८२ ०९:३९ AM · 1 मिनेट पढाइ

तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार

काठमाडौँ ।  सेयरबजारमा बिहीबार सुधार देखिएको छ । बुधबारको करेक्सनपछि साताको अन्तिम कारोबार दिन नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेको छ । यस दिन ९ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ । कुल १ करोड ९० लाख कित्ता सेयर बिक्रीपछि यो परिमाणको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।