SHARE
बुटवल टुडे · बिहीबार ८ माघ २०८२ १०:१९ AM · 1 मिनेट पढाइ

निपाह भाइरसको जोखिम बढ्दै

काठमाडौँ ।  भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल सरकारले उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण हवाई तथा स्थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हेल्थ डेस्कमार्फत सङ्क्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी भइरहेको छ ।