SHARE
बुटवल टुडे · मङगलबार २९ पु २०८२ ०७:४८ AM · 1 मिनेट पढाइ

बर्दघाटमा चोरीका घटना बढ्दै

नवलपरासी, पश्चिम । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पछिल्लो समय चोरीका घटना बढ्दै गएको पाइएको छ । घरमा कोही नभएको मौका छोपेर ताला फोडी घरायसी सामान चोरी गर्ने क्रम बढेको भन्दै स्थानीयले गुनासो गरेका छन् । बर्दघाट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्दीप सापकोटाका अनुसार असोज महिनायता चोरीका घटनामा उल्लेख्य वृद्धि भएको हो ।