SHARE
बुटवल टुडे · मङगलबार २९ पु २०८२ ०८:२८ AM · 1 मिनेट पढाइ

हिमाचलको आगलागीमा ९ नेपाली सम्पर्कविहीन

 काठमाडौं, २९ पुस । भारतको हिमाचल प्रदेशमा सोमबार राति भीषण आगलागी भएको छ । उक्त आगलागी घटनामा ९ जना नेपाली नागरिक सम्पर्कविहीन भएका छन् । भारतस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार हिमाचलको सोलन जिल्लाको अर्की बजार क्षेत्रमा बसोबास गर्ने ९ जना नेपाली श्रमिक आगलागीमा परेका हुन सक्ने आशङ्का गरिएको छ ।