SHARE
बुटवल टुडे · मङगलबार २९ पु २०८२ ०८:३८ AM · 1 मिनेट पढाइ

समानुपातिक सूचीबाट १६४ जनाले उम्मेदवारी फिर्ता लिए

काठमाडौँ । विभिन्न १८ राजनीतिक दलका समानुपातिक सूचीमा रहेका १६४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार १८ राजनीतिक दलका १६४ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका हुन् । नाम फिर्ता लिएकाहरूको स्थानमा नयाँ नाम सिफारिस गर्न सम्बन्धित दललाई सूचित गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।