SHARE
बुटवल टुडे · मङगलबार २९ पु २०८२ ११:१६ AM · 1 मिनेट पढाइ

बर्दघाट नगरपालिकाको १७औँ नगर सभा सुरु, ११ वटा ऐन पेस

नवलपरासी,पश्चिम् । बर्दघाट नगरपालिकाको १७औँ हिउँदे नगर सभा सोमबारबाट सुरु भएको छ। नगर सभामा आर्थिक वर्ष २०८२ को पहिलो संशोधन बमोजिमको संशोधित बजेट र आय व्यय पेस गरिएको थियो । नगर सभामा आर्थिक वर्ष ०८२/०८३ को पौष २० गतेसम्मको राजस्व सङ्कलनको अवस्था, न्याय सम्पादन, अनुगमन प्रतिवेदन तथा ११ वटा ऐन सभासमक्ष पेस गरिएको छ।