SHARE
बुटवल टुडे · बुधबार ३० पु २०८२ ०२:०५ AM · 1 मिनेट पढाइ

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आजको मौसम कस्तो रहने ?

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ ।