किवीले चिनिएको भार्से
गुल्मी, ३० पुस । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–८ स्थित भार्से पछिल्लो समयमा किवी खेतीका कारण नयाँ पहिचान बनाउँदै गएको छ । पहिले निर्वाहमुखी कृषिमा सीमित रहेको यो गाउँ आजभोलि व्यावसायिक किवी उत्पादनका कारण जिल्लामै उदाहरणीय बनेको छ । यस पटक भार्सेमा ५० लाख बराबरको किवी उत्पादन भएको बताइएको छ । गाउँका बाझिएका पाखा बारीहरू किवीले लटरम्म ढाकिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
