SHARE
बुटवल टुडे · बुधबार ३० पु २०८२ ०२:२७ AM · 1 मिनेट पढाइ

पण्डितपुरमा प्राचीन कोलीय दरबार फेला

नवलपरासी, ३० पुस । प्राचीन कोलिय गणराज्यको राजधानी मानिने नवलपरासीको पण्डितपुर (प्राचीन कोलनगर) मा भइरहेको दोस्रो चरणको उत्खननबाट स्क्वायर (वर्गाकार) दरबारको भग्नावशेष भेटिन थालेको छ । गत पुस १३ गतेदेखि पुरातत्त्व विभागको टोलीले सुरु गरेको उत्खननका क्रममा अहिलेसम्मकै ठुलो क्षेत्रफलमा फैलिएको दरबार संरचनाका अवशेष फेला परेका हुन् ।