SHARE
बुटवल टुडे · बुधबार ३० पु २०८२ ०८:२३ AM · 1 मिनेट पढाइ

तेह्रथुम सेवा समाज कतारले २१औँ वार्षिकोत्सव मनाउँदै 

दोहा, कतार । तेह्रथुम सेवा समाज कतारले आफ्नो २१औँ वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ । समाजले आगामी शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा वार्षिकोत्सवसँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरूको उत्कृष्ट सांगीतिक प्रस्तुति तथा अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछ ।