SHARE
बुटवल टुडे · बुधबार ३० पु २०८२ ०९:३२ AM · 1 मिनेट पढाइ

कांग्रेस विशेष महाधिवेशनमा मतदान राति ८ बजे, कार्यतालिका सार्वजनिक

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । समितिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै उम्मेदवारमाथि दाबी–विरोध ४ बजेदेखि ४:३० बजेसम्म गर्न सकिनेछ । त्यसैगरी समितिले उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने जनाएको छ ।