SHARE
बुटवल टुडे · बुधबार ३० पु २०८२ १०:३७ AM · 1 मिनेट पढाइ

माघी : थारु जीवन, संस्कार र समृद्धिको कथा ,नयाँ वर्ष, नयाँ सङ्कल्प सुरुवात

लमही, ३० पुस । पुसको अन्तिम घामले देउखुरीको फाँट न्यानो बनाउँदै छ। थारु बस्तीका आँगन–आँगनमा चुल्हो बलिरहेको छ। महिलाहरू ढिक्री कुटिरहेका छन्, कतै माछा सफा हुँदै छ त कतै घोगी उम्लिँदै छ। पुरुषहरू सुँगुर काट्ने तयारीमा छन् भने युवायुवतीहरू ढोल–मादलको तालमा नाचगानको अभ्यासमा व्यस्त छन्।