SHARE
बुटवल टुडे · बुधबार ३० पु २०८२ ११:५९ AM · 1 मिनेट पढाइ

पाल्पामा टिपर दुर्घटना, १ जनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार, नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको छ ।