माघे सङ्क्रान्तिमा रिडीको आस्था र रौनक
गुल्मी, ०१ माघ । गुल्मीको पवित्र धार्मिक स्थल रिडीमा प्रत्येक वर्षझैँ यस वर्ष पनि बिहीबारदेखि माघे सङ्क्रान्ति मेलाको सुरु हुने भएको छ । मेलाको सम्पूर्ण तयारी पुरा भएसँगै बुधबारदेखि रुरुक्षेत्रमा आउने व्यापारी र श्रद्धालुहरूको चहलपहल समेत सुरु भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थल रुरु क्षेत्रको रिडी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
