SHARE
बुटवल टुडे · बिहीबार १ माघ २०८२ ०३:३४ AM · 1 मिनेट पढाइ

नदी दोहनले मरुभूमिकरणको खतरा 

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रातदिन नदीजन्य पदार्थको अवैध रूपमा दोहन भइरहँदा पनि सम्बन्धित सरोकारवाला निकाय मौन छ । हरेक वर्ष मङ्सिर पुसदेखि नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लाग्ने गर्दछ । यही बेला अवैध दोहन समेत सुरु हुने गरेको विगतदेखिकै नियति हो । त्यो क्रम यो बर्षपनि सुरु भएको छ ।