SHARE
बुटवल टुडे · बिहीबार १ माघ २०८२ ०३:५१ AM · 1 मिनेट पढाइ

माघीः मुक्तिको सास फेर्ने दिन

लुम्बिनी प्रदेशका थारु गाउँमा माघ लाग्न थालेपछि छुट्टै रौनक हुन्छ । पुसको अन्तिम साताबाटै थारु बस्तीमा चहलपहल बढ्छ । घर लिपपोत गरिन्छ, भकारी सफा गरिन्छ, पुराना लुगा छुट्याइन्छ, नयाँ सपना मनभित्र गाँसिन्छ । थारु समुदायमा माघी कुनै एक दिनको चाड होइन । यो एक वर्षको हिसाब–किताब, पीडाको सम्झना, मुक्तिको अनुभूति र नयाँ जीवनको सुरुवात हो ।