SHARE
बुटवल टुडे · बिहीबार १ माघ २०८२ १२:२९ PM · 1 मिनेट पढाइ

माघे सङ्क्रान्तीमा रुरुक्षेत्र धाममा भक्तजनहरूको भिडभाड  

पाल्पा, १ माघ ।  माघे सङ्क्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गम स्थल रुरु क्षेत्र धाम रिडीमा धार्मिक मेला लागेको छ । रुरु क्षेत्रधाममा पुगेका  भक्तजनहरू काली गण्डकी स्नान तथा ह्षिकेश भगवान् तथा हनुमान मन्दिरमा पूजाआजा  दर्शन गरेका छन् ।