SHARE
बुटवल टुडे · शुक्रबार​ २ माघ २०८२ ०२:१७ AM · 1 मिनेट पढाइ

देशका अधिकांश क्षेत्रमा मौसम सफा

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान तराई क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ । हुस्सु र कुहिरो लागेको स्थानमा दिउँसोपछि घाम लाग्ने महाशाखाले जनाएको छ । हिजोको तुलनामा काठमाडौँको तापक्रम थोरै बढेको छ ।