बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
लमही । देउखुरी क्षेत्रमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । लमही नगरपालिका–७ स्थित नयाँ बस्ती नजिक दुर्घटना भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
