SHARE
बुटवल टुडे · शुक्रबार​ २ माघ २०८२ ०७:२७ AM · 1 मिनेट पढाइ

रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

भैरहवा, २ माघ ।  आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । यससँगै आजै जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ । निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भैरहवाको बाल मन्दिरमा गरिएको छ ।