सामाजिक सञ्जाल अनुगमनमा नेपाली सेनाको सहयोग लिइने : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा गरिने जानकारी दिएको छ । आयोगका आयुक्त सगुन शमशेर जबराले राजनीतिक दलहरूसँग आचारसंहिताका विषयमा भएको छलफलका क्रममा सामाजिक सञ्जाल अनुगमनबारे जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जाल अनुगमनका लागि वैदेशिक सहयोग प्राप्त भएको र नेपाली सेनाको उपकरणमार्फत निगरानी गरिने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
