SHARE
बुटवल टुडे · शुक्रबार​ २ माघ २०८२ ०९:०७ AM · 1 मिनेट पढाइ

अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

अर्घाखाँची, २ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि  अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभाको लागि १ वटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीको लागि अर्घाखाँची जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला न्यायाधीश शिवलाल पाण्डे रहेका छन् ।