SHARE
बुटवल टुडे · शुक्रबार​ २ माघ २०८२ ०९:३१ AM · 1 मिनेट पढाइ

सुरक्षित आवास निर्माण र जोखिमयुक्त संरचनाको पहिचानमा जोड

सल्यान, २ माघ । सचेतनामूलक नारासहितको र्‍याली निकालेर तथा कोणसभा गरेर सल्यानमा भूकम्प सुरक्षा दिवस मनाइएको छ । भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी, सुरक्षित निर्माण र जनचेतनाको महत्वबारे जानकारी दिने उद्देश्यले २८औँ भूकम्प सुरक्षा दिवस मनाइएको हो ।