SHARE
बुटवल टुडे · शुक्रबार​ २ माघ २०८२ ०९:५४ AM · 1 मिनेट पढाइ

कांग्रेस देउवा समूहको चेतावनी : आयोगले संविधान र विधानविपरीत निर्णय गरे आन्दोलन हुनेछ

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले निर्वाचन आयोगले संविधान, कानुन, पार्टी विधान र नियमावली विपरीत निर्णय गरेमा मुलुकभर आन्दोलन गर्ने चेतावनी दिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलनमा संविधान र कानुनविपरीत निर्णय भएमा आफूहरूले देशभर आन्दोलन गर्ने बताएका हुन् ।